पर्यटक पथ प्रदर्शकलाई पुनर्ताजगी तालिम

Read Time = 3 mins

काठमाडौं । पर्यटक पथ प्रदर्शकका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ । टुरिष्ट गाइड एसोसिएसन नेपाल (टुर्गान) को आयोजना तथा नेपाल पर्यटन बोर्ड र युएनडिपीको संयुक्त परियोजना जीविकोपार्जनका पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना (एसटिएलआरपी) को सहयोगमा काठमाडौंमा तालिम सम्पन्न भएको हो ।

सो अवसरमा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटक पथ प्रदर्शकको क्षमता अभिवृद्धिका लागि बोर्डले तालिम आयोजना गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पर्यटकलाई सही जानकारी दिने पथ प्रदर्शक नै खास पर्यटनदूत हुन् । उनीहरूले पर्यटकलाई गर्ने व्यवहार र सूचनाले नै नेपालबारे उनीहरूको दृष्टिकोण बन्छ । नेपालको छवि कस्तो बनाउने भन्ने कुरा पनि जोडिन्छ । त्यसैले यो तालिम आफंैमा महत्वपूर्ण छ ।’

नाथमका ट्राभल एण्ड टुरिजम विभागका विभागीय प्रमुख अजय ढकालले नाथमले प्रदान गर्ने तालिमले नेपालको पर्यटन क्षेत्रमा थुप्रै जनशक्ति उत्पादन भएको भन्दै तालिमबाट सम्बन्धित क्षेत्रमा काम गरिरहेका व्यक्तिको व्यक्तित्व विकासका साथै नयाँ परिवर्तनबारे जानकारी हुने बताउनुभयो ।

ADVERTISEMENT

प्रदेश पर्यटन ऐनले लाइसेन्स नवीकरणका लागि रिफ्रेसमेन्ट तालिम अनिवार्य गरेकाले तालिमलाई व्यावहारिक बनाउन तीनदिने सैद्धान्तिक र दुईदिने प्रयोगात्मक गरी पाँचदिने कोर्स डिजाइन गरिएको एसटिएलआरपीका जीविकोपार्जन विज्ञ धर्म दवाडीले जानकारी दिनुभयो । तालिमबाट पथ प्रदर्शकले थुप्रै व्यावहारिक ज्ञान र पर्यटनका नयाँ आयामबारे जानकारी प्राप्त गरेको टुर्गान अध्यक्ष बद्री नेपालले बताउनुभयो ।

नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डेले तालिममा सिकेको सीप व्यवहारमा प्रयोग गर्न सकेमा नेपालको पर्यटन क्षेत्रले फाइदा लिन सक्ने बताउनुभयो । हिन्दू, बौद्ध धर्म र संस्कृति, गाइडिङ विधि, सुरक्षा, महामारीपछिको पर्यटनमा आएको परिवर्तनलगायतका विषयमा पर्यटन बोर्डका पूर्वकार्यकारी प्रमुख प्रचण्डमान श्रेष्ठ, डा. विना पौडेल, पशुपति न्यौपाने, पुण्यप्रसाद पराजुलीलगायतले प्रशिक्षण दिनुभएको थियो । तालिममा ५५ जनाको सहभागिता रहेको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज