अध्ययन भन्छ : मंगलग्रहमा कुनै बेला सागर थियो

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

न्युयोर्क । सौर्यमण्डलको रातो ग्रह मंगलमा कुनै बेला सागर रहेको पछिल्लो अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ कोपनहेगनले केही दिनअघि प्रकाशित गरेको अध्ययनले मंगलमा सागर रहेको हुन सक्ने देखाएको हो । अध्ययअनुसार साढ चार अर्ब वर्षपहिले मंगल ग्रहमा ३०० मिटर गहिरो (एक हजार फिट) सागर थियो ।

‘त्यस समयमा मंगल ग्रहमा बरफले भरिएको क्षुद्रग्रहको बाढी थियो । यो मंगल ग्रहको विकासको पहिलो १० करोड वर्षमा भएको थियो ।  अर्को रोचक पक्ष के छ भने क्षुद्रग्रहहरूले जैविक अणुहरू पनि बोकेका छन्, जुन जीवनका लागि जैविक रूपमा महत्त्वपूर्ण छन्’, सेन्टर फर स्टार एण्ड प्लानेट फर्मेसनको एक विज्ञप्तिमा प्राध्यापक मार्टिन बिजारोले भने ।

ADVERTISEMENT

बरफयुक्त क्षुद्रग्रहहरूले मंगल ग्रहमा पानीको अतिरिक्त एमिनो एसिड जस्ता जैविक रूपमा महत्वपूर्ण  यौगिकहरू पनि आफूसँगै लगेको अध्ययनमा जनाइएको छ । अमेरिकी अन्तरिक्ष निकाय  नासाका अनुसार मंगल ग्रहको औसत तापक्रम माइनस ८० डिग्री फरेनहाइट छ ।
एजेन्सी
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?