सुनसरी । सुनसरी क्षेत्र नं ४ बाट नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित हुनुभएको छ । सञ्चारमन्त्रीसमेत रहनु भएका कार्कीले ३० हजार ४८३ मत ल्याउनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार ३७१ मत पाउनुभयो ।
मन्त्री कार्की एमालेका कुसियैतसँग ११२ मतको झिनो अन्तरले विजयी हुनुभएको हो ।
गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा यस क्षेत्रको मतगणना विवादका कारण केही दिन अवरुद्ध भएको थियो । बुधबारदेखि फेरि सुरु भएको मतगणनाको बिहीबार दिउँसो अन्तिम मतपरिणाम सार्वजनिक भएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts