निर्माण कार्य अलपत्र पार्ने १२ कम्पनी कालोसूचीमा

Read Time = 6 mins

काठमाडौं । सरकारले निर्माण कार्य अलपत्र पार्ने विभिन्न एक दर्जन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विकास तथा पूर्वाधार निर्माण अलपत्र पार्ने र समयमा सम्पन्न नगर्ने १२ कम्पनीलाई कालोसूचीमा राखेको छ । ती कम्पनीले निश्चित समयका लागि सार्वजनिक निकायको खरिदमा संलग्न हुन पाउने छैनन् । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार होमनाथ गौतम मुख्य सञ्चालक रहेको भारत-सप्तकोसी जेभी काठमाडौंलाई साढे दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । सडक डिभिजन कार्यालय बुटवलले ती ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

त्यस्तै, रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको काममा ढिलाइ गर्ने हाइग्रिवा/सिद्धि साई प्रकाश जेभीलाई पनि दुई वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका सञ्चालक देपेन्द्रबहादुर शाही र नरेन्द्र प्रधान रहेका रहेका छन् । हेटौंडा महानगरपालिकाको सिफारिसमा भरतपुर चितवनको हाइवे कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राखिएको छ । सञ्चालक नारायण सुवेदी रहेको उक्त कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

शहीद गंगालाल हृदय केन्द्रको सिफारिसमा काठमाडौंको विधि बिल्डर्स प्रालि पनि कालोसूचीमा परेको छ । विप्लव पोखरेल सञ्चालक रहेको उक्त कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

त्यस्तै, खलंगा जाजरकोटको साईबाबा एण्ड तारा कन्स्ट्रक्सन एक वर्षका लागि कालोसूचीमा परेको छ । सञ्जयाकुमारी राना (शाह) सञ्चालक रहेको उक्त कम्पनीलाई टोखा नगरपालिकाले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

नेपाल कृषि अनुसन्धान परिषद्को सिफारिसमा जुम्लाको अनुकूल निर्माण सेवालाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका सञ्चालक तिलबहादुर भण्डारी रहेका छन् ।

ADVERTISEMENT

त्यसैगरी काठमाडौं नयाँ बानेश्वरमा कार्यालय रहेको पाँचखाल कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्न पर्यटन विकास आयोजना हेटौंडाले सिफारिस गरेको थियो । उक्त कम्पनीको सञ्चालकमा प्रेमप्रसाद अधिकारी रहेका छन् भने कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

गुर्भाकोट नगरपालिका-४ सुर्खेतको प्रभु निर्माण सेवा पनि एक वर्षका लागि कालोसूचीमा परेको छ । रेशमबहादुर शाह सञ्चालक रहेको कम्पनीलाई कालोसूचीमा राख्न खानेपानी, सिँचाइ तथा ऊर्जा विकास निर्देशनालय सुर्खेतले सिफारिस गरेको थियो । उत्तरगया गाउँपालिका रसुवाको सिफारिसमा सिद्धिजनक कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका सञ्चालक सिद्धिबाबु रेग्मी रहेका छन् ।

त्यस्तै, कपिलवस्तु नगरपालिकाको सिफारिसमा रूपन्देहीको एसएसके निर्माण सेवा प्रालिलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ । कम्पनीका सञ्चालक सफीउरहमान अन्सारी रहेका छन् भने कृषि विकास निर्देशनालय डोटीको सिफारिसमा कैलालीको सुर्मादेवी कन्स्ट्रक्सनलाई एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।

कम्पनीको मुख्य सञ्चालक मीनाकुमारी शर्मा कोइराला रहेकी छिन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर रौतहटको सिफारिसमा निलगिरि/नेसनल/क्यानोन जेभीलाई पनि एक वर्षका लागि कालोसूचीमा राखिएको छ । उक्त कम्पनीका सञ्चालक युवराज डाँगी, नेसनल डेभलपमेन्ट सेवाका सञ्चालक धनकुमार थापा र क्यानोन कन्स्ट्रक्सन प्रालिका सञ्चालक गौरव पुडासैनी रहेका छन् । तीनवटै कम्पनी एक वर्षका लागि कालोसूचीमा परेका छन् । कालोसूचीमा परेका कम्पनीले कुनै पनि सरकारी टेण्डरमा भाग लिन पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज