काठमाडौं । आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक अब नेपालमा पनि सञ्चालनमा आएको छ । साइबर विक नामक अफरमा ग्राहकले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्म छुटमा ल्यापटप, मोबाइल र अन्य सबै सामान खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकले थप १० प्रतिशत छुट र एक हजार रुपैयाँ पनि प्राप्त गर्न सक्नेछन् । ग्राहकले सो अफर बिग डिजिटलको स्टोरमा मात्र पाउन सक्ने पनि कम्पनीले जनाएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता