काठमाडौं । माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त हुनुभएको छ । बैंकको सञ्चालक समितिको सोमबार बसेको बैठकले डा. महतोलाई अध्यक्षमा नियुक्त गरेको हो ।
डा. महतो गैरआवासीय संघका संस्थापक अध्यक्षका साथै नेपालमा पनि एक सफल उद्यमीका रूपमा स्थापित हुनुभएको छ । सोही बैठकले बैंकका निवर्तमान अध्यक्ष डा. वीरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गरेको छ ।
डा. वीरेन्द्र महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएपछि बैंकको अध्यक्ष पदबाट राजीनामा दिनुभएको हो । सांसद भएपछि बैंक तथा वित्तीय संस्थाको अध्यक्ष वा सञ्चालक बन्न नपाइने कानुनी व्यवस्था छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता