काठमाडौं । पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहनीले सहरमा सुकुम्बासी समस्याप्रति मेयर बालेन्द्र शाह संवेदनशील हुनुपर्ने बताउनुभएकाे छ । सहरका सुकुम्बासीको समस्याबारे मेयरबाट कानुनको पालना हुनुपर्ने र वास्तविक सुकुम्बासीप्रति संवेदनशीलता देखाउनु आवश्यक भएको उहाँले बताउनुभयाे ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ, 'अचानक जाडोमा डोजर चलाएर परिवारको बिजोग गर्नु अगाडी नगरपालिका र संघीय सरकारले वास्तविक सुकुम्बासी पहिचान गरेर उनीहरूसँग के कस्ता संवाद गर्यो भन्ने नगरबासीलाई बुझाउनु जरुरी छ।'
उहाँले साथसाथै मेयर बालेन्द्र शाहको तारिफ समेत गर्नुभएकाे छ । उहाँले भन्नुभयाे, 'काठमाडौंको मेयर बालेन्द्र जीको आजसम्मको कामको जनताले प्रशंसा गरेका छन् । काठमाडौंको मेयरमा एउटा पक्का इमान्दार, पैसामा लोभ न राख्ने र केहि सकारात्मक काम गरु भन्ने पढे लेखेको नेता पाएको जनतामा छाप छ ।'







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts