नबिल र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहकार्य

Read Time = 2 mins

काठमाडौं । नबिल बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच सहुलियत ब्याजदरमा सवारी कर्जा प्रवाह गर्ने सम्झौता भएको छ । बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र लक्ष्मी इन्टरकन्टिनेन्टल जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सम्झौताअनुसार बैंकले लक्ष्मी इन्टरकन्टिनेन्टल तथा कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुण्डाई ब्राण्डका विद्युतीय सवारीसाधन खरिद गर्न सहजरूपमा कर्जा प्रवाह गर्नेछ । बैंकले विद्युतीय गाडी खरिद गर्न व्यक्तिगतलाई ८० प्रतिशत र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

ADVERTISEMENT

त्यस्तै, पेट्रोलियम गाडी खरिदमा व्यक्तिगत ५० र कम्पनीलाई ७० प्रतिशतसम्म कर्जा दिनेछ । बैंकले आवश्यक कागजात तथा विवरणसहित बैंकमा निवेदन दिएको तीन कार्य दिनभित्र नियमानुसार सहजरूपमा सवारीसाधन कर्जा प्रवाह गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज