काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्लपञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरिएको छ । सन्देशमा भनिएको छ, “प्राचीन सांस्कृतिक उत्सव विवाह पञ्चमीले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधता बीचको एकतालाई सुदृढ पार्न, मौलिक संस्कृतिको संरक्षण एवं सम्वद्र्धन गर्न तथा सबै नेपालीमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”
प्राचीनकालदेखि नै यस क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व रहेको उल्लेख गर्दै सन्देशमा भनिएको छ, “यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पु¥याउने विश्वास लिएको छु ।” प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक सांस्कृतिकस्थल जनकपुरधाममा साताव्यापीरूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत वैवाहिक कार्यक्रम मुख्य आकर्षण मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी, नाचगान प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements