दाइ हरिशरणले रवि लामिछानेलाई बधाई दिँदै भने : देश र जनताको सेवामा अझै अब्बल साबित हुँदै जानू

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई उहाँका दाई हरिशरण लामिछानेले शुभकामना दिनु भएको छ ।
साथै उहाँले आफू अभिभावकको नाताले स्नेह र खवरदारी गरिरहने समेत उल्लेख गर्नुभएको छ ।

संचारकर्मी समेत रहनुभएको हरिशरणले रविलाई चुनावमा प्राप्त जनमतको उच्च मूल्यांकन गर्दै आगामी चुनौतिको सामना गर्ने साहस र शक्ति मिलोस भन्दै शुभकामना दिनु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै लेख्नुभएको छ, ‘देश र जनताको सेवामा अझै अब्बल साबित हुँदै जानू। हामी सबैको शुभेच्छा छ। अभिभावकको नाताले स्नेह र खबरदारी गरिनै रहने छु।’

ADVERTISEMENT

यसअघि हरिशरण लामिछानेले भाइ रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’मा आजीवन संलग्न नहुने घोषणा गरिसक्नुभएको छ । रविले नयाँ पार्टीको घोषणा गरेको केही घण्टामै हरिशरणले सो पार्टीमा आफू आजीवन संलग्न नहुने घोषणा गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?