महिला हिंसाविरूद्धको १६ दिने अभियानः पहिलो दिनमै सप्तरीमा दुई महिलाको हत्या

सांकेतिक तस्बिर

Read Time = 5 mins

सप्तरी । लैंगिक हिंसाविरूद्ध १६ दिने अभियान सुरू भएको पहिलो दिन नै सप्तरीमा दुई जना महिलाको हत्या भएको छ । बोदेबर्साइ नगरपालिका बनौला घर भई राजविराज नगरपालिका-१ बस्दै आएकी ३५ वर्षीया गीता देवी रजक शनिवार मृत अवस्थामा भेटिएकी थिइन् । बिहान घर नजिकै रहेको टिनको छाप्रोमा उनको शब हत्या भएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।

उनी बनौलाका हिरालाल रजककी तेस्री श्रीमती बनेर १५ वर्षअघि भित्रिएकी थिइन् । तीन छोरी र एक छोराकी आमा गीतालाई उनकै श्रीमानले हत्या गरेकाे आरोप छ । दुई महिनायता उनका श्रीमानले कुटपिट गरि घरबाट निकाला गरेका थिए ।

शुक्रबार दिनभर सँगैको खेतमा धान काटेकी स्थानीय १७ वर्षीया कन्चन रजकका अनुसार बेलुका ५-६ बजेसम्म सकुसल नै थिइन । मैले ‘मैले गीतालाई घर जाउँ भन्दा धान ओसार्नु छ । नओसारे श्रीमानले कुट्नुहुन्छ भनेकी थिइन । बिहान त शब देखे ।’

निर्वाचनको भोलिपल्ट सोमबार श्रीमानले कुटे भन्दै गीताले हात, खुट्टा र टाउको चोट देखाएको उनको भनाइ छ । उनले भनेकी थिइन्, ‘श्रीमान्‌ले मराणसन्न हुने गरि कुट्छन । घर निकाला गरेका छन् । डरले राति घर जान पनि सकेकी छैन ।’ उनको परिवार राजविराज नगरपालिका-१ चनौरामा कोठामा भाडा लिएर बस्दै आएको छ ।

उनका श्रीमान दुई वर्षअघि वैदेशिक रोजगारीमा गएका थिए । डेढ वर्षसम्म पैसा पनि पठाएका थिए । श्रीमान घर फर्केको दुई महिनापछि नै कुटपिट गर्दै आएको उनले बताएकी थिइन ।

गाउँकै एउटी महिलासँग आफ्नो श्रीमानको सम्बन्ध रहेको गीताले बताएकी थिइन । तिनै महिलासँगको सम्बन्धका कुटिपट घरनिकाल गरेको उनी दुखेसो गर्थिन ।

आरोपी रजक पक्राउ 

ADVERTISEMENT

श्रीमती हत्या आरोपमा हिरालाल रजकलाई प्रहरीले शनिवार नै पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता नरेशकुमार सिंहले मृतकका श्रीमानलाई पक्राउ गरि बयान लिएको छ ।

मन्जुलाको शव काका ससुराको घरमा भेटियो

रुपनी गाउँपालिका-२ लौवापारकी २० वर्षीया मन्जुला सदाको शुक्रवार बेलुकी काका ससुराको घरमा झुण्डिएको अवस्थामा शव फेला पर्यो । उनी आठ महिनाकी गर्भवती थिइन् । उनले बिहे भएको पाँच वर्षपछि पहिलो सन्तान पाउन लागेकी थिइन् । उनकी दिदी उषाले भनिन्, ‘उनकै परिवारले बैनीलाई झुन्ड्याएर मारे ।’

मृतककी आमा फुलोदेवीले ज्वाई भारत गएको बेला छोरीलाई सासुससुराले रक्सी खाएर कुटपिट गर्ने गरेको बताइन् । कति पटक त छोरीलाई उद्धार गरेर ल्याएको उनको भनाइ छ ।

दुई दिनअघि पनि ससुरा रामकण्ठ सदाले कुटेर घरबाट निकालेको र नजिकैका काका ससुरा श्रीकान्त सदाको घरमा लुकेर बसेको काकी सासूले फोनमा बताएको फूलोदेवीले बताइन् ।

खाना नपकाएको निहुँमा झुण्ड्याएर मारेको आरोप छ । शुक्रबार बेलुकी छोरीलाई फूलोलोदेवी जाँदा झुण्ड्याइएको अवस्था शव फेला परेको थियो ।

सासुसहित चारजनालाई प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता सिंहले घटनाको अनुसन्धान भइरहेको बताउनुभयाे । पोष्टमार्टम रिपोर्ट आएपछि थप प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?