सात लघु बीमा कम्पनीलाई लाइसेन्स

Read Time = 1 min

काठमाडौं । सात लघु बीमा कम्पनीले बीमा व्यवसाय गर्न लाइसेन्स पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले सात लघु बीमा कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । लघु बीमाका लागि ३१ कम्पनीले प्रस्ताव पेश गरेकोमा प्राधिकरणले सातवटालाई मात्रै लाइसेन्स दिने भएको छ । जसमध्ये तीन कम्पनीलाई जीवन बीमा र चारवटालाई निर्जीवन बीमा कम्पनीको लाइसेन्स दिएको हो ।

ADVERTISEMENT

जीवन बीमातर्फ गार्डियन माइक्रोलाइफ, क्रेष्ट माइक्रोलाइफ र लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्सले लाइसेन्स पाउने भएका छन् भने निर्जीवन कम्पनीतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पाउने भएका छन् । प्राधिकरणले ठूला बीमा कम्पनीले ग्रामीण क्षेत्रमा सानो-सानो बीमा नगरेको भन्दै लघु बीमाको लाइसेन्सका लागि प्रक्रिया अघि बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?