कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु

Read Time = 1 min

धनगढी । कैलालीमा मोटरसाइकलबाट खसेर एक युवकको ज्यान गएको छ । जिल्लाको गौरीगंगा नगरपालिका १ मंगलपुरमा प्रदेश २-०३-०२० प १३९१ नम्बरको मोटरसाइकलबाट खसेर युवकको ज्यान गएको हो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार कैलारी गाउँपालिका ८ बस्ने ३५ वर्षीय राजेश चौधरीको मृत्यु भएको छ । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ADVERTISEMENT

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *