महोत्तरी : दुईवटामा गठबन्धन र एउटामा एमाले विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

महोत्तरी । महोत्तरीमा तीन वटा निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भएको छ । जसमध्ये दुईवटा निर्वाचन क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् भने एउटामा एमाले विजयी भएको छ ।

प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा एमालेका लक्ष्मी महतो विजयी हुनुभएको छ। उहाँले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई हराउनुभयो ।

क्षेत्र नम्बर २ र ३ मा भने लोसपा विजयी भएको छ । क्षेत्र नम्बर ३ मा सरदसिंह भण्डारी र ३ मा महन्थ ठाकुर विजयी हुनुभएको छ । भण्डारीले निकटतम प्रतिस्पर्धी विजयकुमार सिंहलाई पराजित गर्नुभएको हो ।

ADVERTISEMENT

ठाकुरले जसपाका हरिनारायण यादवलाई १२ सय ५० मतान्तरले पराजित गर्नुभएको छ ।

क्षेत्र नम्बर ४ को मतगणना भने जारी छ । यहाँ गठबन्धनबाट महेन्द्रकुमार राय र जसपाका सुरेन्द्रकुमार यादवबीच प्रतिस्पर्धा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *