काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)ले शनिबार काठमाडौमा चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालको अध्यक्षतामा भएको साधारणसभामा बैंक सञ्चालक समिति सदस्य केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी, शंकरप्रसाद अधिकारी, सुमन पोखरेल, लिमा अधिकारी आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडालगायतको उपस्थिति रहेको थियो ।
साधारणसभाले आर्थिक वर्ष २०७८/०७९ कोे वित्तीय विवरणसहितको सञ्चालक समितिको प्रतिवेदन स्वीकृत गर्नुका साथै बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोडको ४.२१०५५ ले हुने ९० करोड ९४ लाख ६८ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
स्वदेशी तथा विदेशी वित्त बजारबाट दीर्घकालीन स्रोत संकलन गरी मुलुकको पूर्वाधारका परियोजनामा लगानीको पहुँच वृद्धि गर्ने उद्देश्यका साथ स्थापित बैंक हाल सञ्चालनको चौथो वर्षमा रहेको छ । आव २०७८/०७९ सम्ममा बैंकले ३२ अर्ब ८९ को कर्जा स्वीकृत गर्दै १५ अर्ब ५८ करोड बराबरको कर्जा प्रवाह गरेको र सोही अवधिमा एक अर्ब दुई करोड खुद मुनाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts