‘पाँच लाख सुडानीलाई थप सहायता आवश्यक’

Read Time = 2 mins

एजेन्सी/संयुक्त राष्ट्रसंघले दक्षिण सुडानमा आगामी वर्ष थप पाँच लाख नागरिकलाई मानवीय एवं सुरक्षा सेवा आवश्यक पर्ने बताएको छ । दक्षिण सुडानको मानवीय आवश्यकतासम्बन्धी राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनमा एक करोड २४ लाख जनसंख्या रहेको सुडानका एक तिहाइ नागरिकले गम्भीर खाद्य असुरक्षा सामना गरिरहेका जनाइएको छ । प्रतिवेदनमा हिंसा र द्वन्द्वले देशको मानवीय अवस्था बिग्रिएको देखाइएको छ ।

स्वास्थ्य चुनौती, खडेरी, जलवायु परिवर्तनका असरका कारण सुडानीलाई मानवीय सहयोग अपरिहार्य भएकोमा प्रतिवेदनले जोड दिएको छ । अपर नाइल र इक्वेटोरिया राज्यमा सर्वाधिक सहायता आवश्यक परेको छ ।

ADVERTISEMENT

मानवीय सहायताको आवश्यकतालाई घटाउन देशमा शान्ति सुव्यवस्थाका साथै विकासलाई केन्द्रीय प्राथमिकतामा राख्न सरकारलाइ आग्रह गर्दै प्रतिवेदनमा सन् २०१८ मा भएको शान्ति सम्झौतालाई जोखिममा पार्ने कुनै किसिमका गतिविधि हुन नहुनेमा जोड दिइएको छ । हिंसाले समस्याको समाधान नहुने भएकाले सम्बद्ध पक्षलाई शान्तिको मार्ग अपनाउन उक्त विश्वसंस्थाले अपील गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज