रुपन्देही ३ (२) मा एमालेका तुलसीप्रसाद चौधरी विजयी

Read Time = 1 min

रुपन्देही । रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को प्रदेशसभा (२) मा नेकपा एमालेका तुलसीप्रसाद चौधरी विजयी हुनुभएको छ ।

नेपाली कांग्रेसका रामचन्द्र ढकाललाई २ सय १ मतको झिनो मतान्तरले पराजित गर्दै चौधरी विजयी हुनभयो ।

ADVERTISEMENT

एमालेका चौधरीले १६ हजार ३ सय ९४ मत ल्याउँदा कांग्रेसका ढकालले १६ हजार १ सय ९३ मत ल्याउनुभएको हो । रुपन्देही ३ (१) मा लोसपाका सन्तोष पाण्डे निर्वाचित हुनुभएको हो ।

चौधरी र पाण्डे लुम्बिनी प्रदेशसभा सदस्यमा दोस्रो पटकका लागि निर्बाचित हुनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *