बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको छ । पौडेलले सूर्य चिन्हमा २७हजार १४७ मत प्राप्त गर्दै विजयी हुनुभएको छ ।
उहाँले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १३६६ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । स्वतन्त्र पार्टीका पौडेलले २५७८१ मत प्राप्त गर्नु भएको छ ।
यसैगरी गठबन्धन दल राष्ट्रिय जनमुक्ति पार्टीका केशब सुर्यवंशीले २२हजार ०८ मत प्राप्त गर्नु भएको छ । रुपन्देही–२ मा कूल ८१ हजार २०२ मत खसेको थियो ।
एमाले उपाध्यक्ष पौडेल लगातार चौथो पटक रुपन्देहीबाट निर्वाचित हुनुभएको छ ।






