बारा । बारा २ बाट जनता समाजवादीका रामसहाय प्रसाद यादव निर्वाचित हुनुभएको छ ।
निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका शवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा विजयी हुनुुभउको हो ।
जसपाका यादवले १३ हजार ८२३ मत पाउनुभयो । माओवादीका कुशवाहाले १३ हजार ४६८ मत ल्याउनुभयो । यस्तै स्वतन्त्र रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाउनुभयो ।
अर्का स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७५० मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले ७ हजार ६९८ मत ल्याउनुभयो ।
जनमत पार्टीका राजेश साहले २ हजार ७२५ मत र नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार १११ मत प्राप्त गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts