रुपन्देही २ बाट एमालेका विष्णु पौडेल प्रतिनिधि सभा सदस्यमा निर्वाचित

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई हराउँदै पौडेल निर्वाचित हुनु भएको हो । पौडेलले २७ हजार १४८ मत ल्याएर विजयी हुँदा स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले २५ हजार ७८१ मत प्राप्त गर्नुभयो । १३ सय ६६ मतको अन्तरले एमाले उपाध्यक्ष पौडेल विजयी हुनु भएको हो ।

त्यस्तै सत्ता गठबन्धनले समर्थन गरेका जनमुक्ति पार्टीका केशव सुर्यवंशीले २१ हजार ९८६ मत ल्याउनु भयो।

ADVERTISEMENT

रुपन्देही–२ मा कूल ८१ हजार २०२ मत खसेको थियो । एमाले उपाध्यक्ष पौडेल लगातार चौथो पटक रुपन्देहीबाट निर्वाचित हुनुभएको छ ।

पौडेल विजयी भएको निर्वाचन आयोगले आधिकारिक घोषणा गर्न भने बाँँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज