काठमाडौं । एमाले नेता गोकुल बास्कोटा काभ्रे २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएकाे छ । सुरुदेखि नै कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईसँग पछाडि पर्नुभएका गोकुल बिहीबार बिहानदेखि मात्र अगाडि लाग्नुभएकाे थियाे ।
मतपरिणामअनुसार बास्कोटा झन्डै ६ हजार मतान्तरले निर्वाचित हुनुभएकाे छ । उहाँले ४५ हजार ३४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंले ३९ हजार ४८२ मत ल्याउनुभयाे ।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गर्नुभयाे । अघिल्लो पटक ०७४ मा पनि बास्कोटा यही क्षेत्रबाट निर्वाचित हुनुभएकाे थियाे ।
एमालेका धेरैजसो पदाधिकारीले निर्वाचन हार्दै गर्दा बास्कोटा भने विजयी हुनुभएकाे छ । काभ्रे १ मा पनि एमालेकै रेशम लामाले माओवादीका उम्मेदवार सूर्यमान दोङलाई पछाडि पार्नुभएकाे छ । काभ्रेका चार प्रदेशसभा सदस्यमा भने कांग्रेस, माओवादी र एकीकृत समाजवादीले चुनाव जितेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts