धादिङ क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डे निर्वाचित

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 2 mins

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीभन्दा ७ हजार ९८१ मतान्तरले पाण्डे विजयी हुनुभएको छ । उहाँले ३५ हजार ९३४ मत प्राप्त गर्दा त्रिपाठीले २७ हजार ९५३ मत पाउनुभएको छ ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हिमेश पन्तले १२ हजार ४७५ मत पाउनुभयो भने मंगोल नेसनल अर्गनाइजेसनका सुमन तामाङले ८८२ मत प्राप्त गर्नुभयो ।

ADVERTISEMENT

धादिङ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसका उम्मेदवार रामनाथ अधिकारी निर्वाचित हुनुभएको छ । यस्तै धादिङको प्रतिनीधि सभा क्षेत्र नम्बर १ को प्रदेश २ मा माओवादी केन्द्रका धादिङका इन्चार्ज शालिकराम जमकट्टेल विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार गजेन्द्र थपलियालाई ७४२७ मतको अन्तरले पछि पार्दै उहाँ विजयी हुनुभएको हो । माओवादी केन्द्रका जम्कट्टेलले १९,९०३ मत ल्याउनुभएको छ । नेकपा एमालेका गजेन्द्र थपलियाले १२,४७६ हजार मत ल्याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?