खोटाङ प्रदेश ‘क’ गठबन्धनलाई हराउँदै एमालेका पाँचकर्ण राई विजयी

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम अनुसार खोटाङको प्रदेशसभा ‘क’मा नेकपा एमालेका उम्मेदवार पाँचकर्ण राई पिके विजयी हुनु भएको छ । गठबन्धन (नेकपा एकीकृत समाजवादी)का उम्मेदवार विरबलकाजी राईलाई भारी मतान्तरले हराँउदै उहाँ विजयी हुनुभएको हो ।

मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत बुधबार राती मुख्य निर्वाचन अधिकृत (जिल्ला अदालत)को कार्यालयमा प्रदेश ‘क’ को ३३ हजार ९४४ मतगणना हुँदा पिकेले विरबलकाजीलाई १ हजार १९८ मतान्तरले पछि पार्नुभएको छ । गठबन्धनका उम्मेदवार बिरवलकाजीले ११ हजार ९६५ मत पाउँदा पिकेले १३ हजार १५७ मत पाउनु भएको छ ।

ADVERTISEMENT

सुरुवाती चरणबाटै लिड गर्नुभएका विरबलकाजी राई रावा बेंशी गाउँपालिका गणनापछि पछाडी धकेलिएका थिए । गठबन्धन घटक दल कांग्रेसका महाधिवेशन प्रतिनिधि (हाल पार्टीबाट निस्कासित) धर्मराज पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएर गठबन्धनलाई जाने कांग्रेसको ३ हजार १४५ मत काटेपछि पनि पिकेलाई गठबन्धन हराउन सहजभएको आँकलन गरिएको छ ।

यस्तै, जनता समाजवादी पार्टीका उम्मेदवार राकेश राईल २ हजार ३४०, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी लेनिनवादिका उम्मेदवार पदम प्रसाद आचार्यले १हजार ५२५, मंगोल नेशनल अर्गनाइजेसन पार्टीका उम्मेदवार प्रयाग राईले १६४, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार केशव राईले ८२, स्वतन्त्र उम्मेदवार कुमार प्रसाद भट्टराईले १२ मत पाउनु भएको छ । प्रदेशसभा ‘क’मा ३३ हजार ८९३ मत खसेको थियो । १ हजार ५४५ मत बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज