आयात-निर्यात दुवै घट्यो

Read Time = 1 min

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिनामा करिब २० प्रतिशतले वैदेशिक व्यापार घटेको छ । गत आर्थिक वर्ष २०७७÷२०७८ को पहिलो चौमासिक अवधिको तुलनामा यस वर्ष चार महिनामा वैदेशिक व्यापार १९.७९ प्रतिशतले घटेको हो ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालको निर्यात पनि ३३.३ प्रतिशतले घटेको छ । चालु आवको पहिलो चार महिनामा पाँच खर्ब ३२ अर्ब ६९ करोड रुपैयाँ बराबरको आयात भएको छ भने निर्यात ५४ अर्बमा खुम्चिएको छ ।

ADVERTISEMENT

अघिल्लो आवको सोही अवधिमा छ खर्ब ५० अर्ब २९ करोडको आयात भएको थियो भने ८२ अर्ब १२ करोडको निर्यात भएको थियो । आयात घटेसँगै व्यापारघाटामा १५ प्रतिशतले कमी आएको छ ।

हाल व्यापारघाटा चार खर्ब ७७ अर्ब ९१ करोड रहेको छ, अघिल्लो वर्ष सोही अवधिमा पाँच खर्ब ६८ अर्ब १७ करोड रुपैयाँ थियो । तर, गत वर्षको सोही अवधिको आयात–निर्यात अनुपात ७.९२ बाट बढेर चालु आवमा ९.७३ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज