सेयर बजार निरन्तर ओरालो

Read Time = 3 mins

काठमाडौं । बुधबार पनि सेयर बजार घटेको छ । नेप्से ७.७२ अंकले घटेर १९२१.९९ अंकमा झरेको हो । ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.७० अंकले घटेर ३७७.९० अंकमा झरेको छ । कारोबारमा आएका दुई सय २२ कम्पनीमध्ये एक सय ४५ कम्पनीको सेयरमूल्य घटेपछि सेयर बजार ऋणात्मक बनेको हो । यस दिन ६६ कम्पनीको सेयरमूल्य बढेको छ भने ११ कम्पनीको स्थिर रहेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कुल दुई सय २२ कम्पनीका २८ लाख ३९ हजार तीन सय ७३ कित्ता सेयर एक अर्ब दुई करोड २२ लाख ९३ हजार पाँच सय ५२ रुपैयाँमा कारोबार भएको छ । कारोबार भएका कुल १३ समूहमध्ये उत्पादन तथा प्रशोधनमूलक र व्यापारबाहेक सबै ११ वटै घटेका छन् । अन्य समूहगत सूचक पनि ०.७८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल बैंक लिमिटेडको सर्वाधिक १२ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ भने हिमालयन डिष्टिलरी ११.१० करोड, सिभिल बैंक ६.८२ करोड, शिवम् सिमेन्ट्स ६.०६ प्रतिशत र नेसनल लाइफको ३.४५ करोडको सेयर कारोबार भएको छ ।

ADVERTISEMENT

सिभिल बैंक र घलेम्दी हाइड्रोपावर कम्पनी गरी दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको सेयरमूल्य १० प्रतिशत र हाइड्रोपावरको ९.९८ प्रतिशतले सेयरमूल्य बढेको छ । जानकी फाइनान्स ५.६०, पिपुल्स पावर ५.० र धौलागिरि लघुवित्तको सेयरमूल्य ३.९९ प्रतिशतले बढेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै ४.७८ प्रतिशतले घटेको छ भने नबिल ब्यालेन्स्ड फण्ड–३ को इकाईमूल्य ४.७४, बुद्धभूमि नेपाल हाइड्रोपावर ३.७०, मन्दाकिनी हाइड्रोपावर ३.४८ प्रतिशत र विशाल बजार कम्पनी ३.३२ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?