इण्डोनेशिया भूकम्प, खोज तथा उद्धार जारी

Read Time = 2 mins

सियानजुर/एपी । इण्डोनेशियाको मुख्य टापु जाभामा गत सोमबार ५.६ म्याग्निच्युडको भूकम्प हुँदा २६८ जनाको मृत्यु भएको छ । एक हजारभन्दा बढी घाइेत भएकाले मृतकको संख्या बढ्नसक्ने उद्धारकर्मीले बताएका छन् । सुरक्षा अधिकारीले खोजी तथा उद्धारलाई अझ तीव्र गतिमा अघि बढाएका छन् ।

भूकम्पबाट अधिक प्रभावित क्षेत्रमा थप उद्धारकर्मी र स्वयंसेवक परिचालन गरिएका छन् भने हराएकाको खोजी जारी छ । सियानजुर वरपरका क्षेत्रका धेरै स्थानमा पहिरो खसेको, इस्लामिक आवासीय विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका स्थल र भवन भत्केका छन् ।

ADVERTISEMENT

भग्नावशेषबाट जीवित उद्धार गर्ने सम्भावना कम रहे पनि मृतकहरू भेटिनसक्ने अनुमानमा भग्नावशेष पन्छाउन स्वयम्सेवक दत्तचित्त भएर लागेका छन् । ठुल्ठूला साबेल, कोदालो, ज्यावल, हथौडी लिएर उनीहरू भग्नावशेषमा काम गरिरहेका छन् भने केही खाली हात नै खोजविनमा जुटेका छन् । प्रहरी बलले दुई हजार र राष्ट्रिय सेनाले १२ हजार फौज परिचाल गरेर खोजी तथा उद्धारलाई तीव्र गतिमा अघि बढाएको राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइका प्रमुख सुहार्यान्तोले बताएका छन् ।केही प्रभावित क्षेत्र अति दुर्गम भएकाले भारी सवारीसाधनसहित उद्धारकर्मीलाई त्यहाँ पुग्न हम्मेहम्मे परेको छ ।

भूकम्पसँगै पहिरो खस्दा सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडकमा सवारीसाधन सञ्चालन गरेर उद्धारमा जुट्नुपर्ने भएकाले पीडित परिवारसम्म सहयोग गर्नेहरू पुग्न सकेका छैनन् । समयमै उद्धार तथा राहत सामग्री नपाएकामा उनीहरूले सरकारको आलोचना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज