दमक । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट फराकिलो मतान्तरले विजयी हुनु भएको छ। २८ हजार ५७६ मतान्तरले ओली विजयी हुनु भएको हो ।
एक लाख २ हजार १५० मत खसेको मध्ये ९८ हजार ६३१ मत सदर भएकोमा ओलीले ५२ हजार ३१९ मत प्राप्त गर्नुभयो ।
गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत प्राप्त गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता