सिन्धुलीबाट माओवादीका राजन दाहाल विजयी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । यो निर्वाचनमा अपेक्षित नतिजा ल्याउन नसकेको माओवादी केन्द्रले पहिलो जित दर्ता गरेको छ । प्रतिनिधिसभामा सिन्धुली २ बाट माओवादीका लेखनाथ दाहाल 'राजन' विजयी हुनुभएकाे छ । माओवादीले देशभरका निर्वाचन क्षेत्रमध्ये १६ सिटमा अग्रता बनाएको छ ।

उहाँले एमालेका उम्मेदवारलाई फराकिलो मतले पराजित गर्नुभएकाे छ । दाहालले २७५१७ र उहाँका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१६८७ मत ल्याउनुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टीका अनोजकुमार दाहालले १५५३ र राप्रपाका भिष्मराज श्रेष्ठले १३४० मत ल्याउनुभयाे ।

ADVERTISEMENT

सिन्धुलीमा सत्तागठबन्धन थियो । सिन्धुली १ मा कांग्रेसले पाएको छ । सो क्षेत्रमा कांग्रेसका श्याम घिमिरेले एमालेका प्रदीप कटुवाललाई पछि पार्नुभएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?