नागरिकताका विषयमा रवि लामिछानेले बुझाए जवाफ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नागरिकताका विषयमा निर्वाचन आयोगले सोधेको स्पष्टीकरणमा चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रवि लामिछानेले जवाफ दिनुभएको छ । लामिछानेले बन्दी खाममा आफ्नो स्पष्टीकरणको जवाफ पठाउनुभएको हो ।

आयोगको निर्वाचन कार्यालय चितवनमा उहाँले स्पष्टीकरण बुझाउनुभएको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनुभयो। मंगलबार अबेर गरी उहाँले जवाफ बुझाउनुभएको थियो ।

ADVERTISEMENT

सो जवाफलाई कार्यालयले निर्वाचन आयोगमा जस्ताको तस्तै बुझाउने बताइएको छ । ‘बन्दी खाम हामी नखोली आयोगमा पठाउँछौँ । आयोगले यस विषयमा थप निर्णय गर्नेछ,’ आचार्यले भन्नुभयो ।

चितवन क्षेत्र नम्बर २ मा लामिछानेले अग्रता लिइरहेका बेला सो जवाफ बुझाउनुभएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेविरुद्ध नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने माग गर्दै परेको उजुरी परेपछि गत कात्तिक ३० गते आयोगले उहाँलाई स्पष्टीकरण सोधेको थियो। मंगलबार स्पष्टीकरणको अन्तिम दिन थियो । -गोरखापत्र दैनिकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज