रिडी पावरले ४२.१० प्रतिशत लाभांश दिने

Read Time = 1 min

काठमाडौं । रिडी पावर कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीका लागि लाभांश प्रस्ताव गरेको छ । मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले कुल ४२.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले आव २०७८/०७९ को मुनाफाबाट चुक्ता पुँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

ADVERTISEMENT

तत्कालीन रिडी पावर डेभलपमेन्ट लिमिटेड र रैराङ हाइड्रोपावरबीच मर्जर भई रिडी पावर कम्पनी बनेको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब १० करोड ६३ लाख ५८ हजार रुपैयाँ रहेको छ । प्रस्तावित चुक्ता पुँजीको ४० प्रतिशत अर्थात् ४४ करोड २५ लाख ४३ हजार दुई सय रुपैयाँ बोनस सेयर वितरणपछि चुक्ता पुँजी एक अर्ब ५४ करोड ८९ लाख एक हजार दुई सय रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज