सेयर बजार घट्यो

Read Time = 2 mins

काठमाडौं । निर्वाचनपछिको पहिलो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । सेयर बजार ७.१३ अंकले घटेर नेप्से १९२९.७० अंकमा झरेको छ । ठूला कम्पनीको सेयर कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि १.४७ अंकले घटेर ३७९.५९ अंकमा झरेको छ । यस दिन कुल दुई सय २८ कम्पनीका ३७ लाख ६३ हजार आठ सय ३६ कित्ता सेयर एक अर्ब ३५ करोड २८ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । कारोबारमा आएका १३ समूहगत सूचकमध्ये दुईवटाको बढेको छ भने बाँकी ११ वटाको घटेको छ । बैंकिङ र जीवन बीमा बढेको छ भने विकास बैंक १.४४, अन्य १.२१ र जलविद्युत ०.६९ प्रतिशतले घटेको छ ।

ADVERTISEMENT

नेपाल बैंक लिमिटेडको सर्वाधिक १२ करोड १६ लाख आठ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने रिडी पावर ८.६७ करोड, हिमालयन डिष्टिलरी ८.६० करोड, शिवम् सिमेन्ट्स ८.४३ करोड र ङादी ग्रुप पावरको ४.९० करोड बराबरको सेयर कारोबार भएको छ ।
जानकी फाइनान्स कम्पनीको सेयरमूल्य सर्वाधिक ६.२३ प्रतिशतले बढेको छ भने खप्तड लघुवित्त ३.९९ प्रतिशत, धौलागिरि लघुवित्त ३.९७, सयपत्री हाइड्रोपावर ३.८० र सिद्धार्थ इक्विटी फण्डको इकाईमूल्य ३.७५ प्रतिशतले बढेको छ । युनिलिभर नेपालको भने ५.५८ प्रतिशतले घटेर १८ हजार छ सय एक रुपैयाँमा झरेको छ । सिक्लेस हाइड्रोपावरको ४.४८ प्रतिशत, दोर्दीखोला ४.४८ प्रतिशत, अपर हेवाखोला ४.३५ र सिटिजन्स म्युचुअल फण्ड–१ को इकाईमूल्य ४.०५ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?