कतारमा इरानबाट खाध्यान्न आपूर्ति

Read Time = 1 min

तेहरान । इरानले फिफा विश्वकपमा कतारमा प्रतिदिन २५० टन खाद्यान्न र कृषि उत्पादन निर्यात गर्ने इरानको ट्रेड प्रमोसन अर्गनाइजेसन (टीपीओ) प्रमुखले जानकारी दिएका छन् । इरानले दुई देशबीचको सम्झौताअनुसार कतारमा केही ढुवानी सुरु गरिसकेको इरानको आईआरआईबी समाचार एजेन्सीले टीपीओका अध्यक्ष अलिरेजा पेमनपाकलाई उद्धृत गर्दै उल्लेख गरेको छ । कतारलगायत छिमेकीहरूसँगको व्यापार बढाउनु वर्तमान इरानी सरकारको मुख्य दृष्टिकोण रहेको पेमनपाकले जोड दिनुभएको छ ।

ADVERTISEMENT

पेमनपाकका अनुसार यसअघि इरान र कतारबीचको व्यापारिक सम्बन्ध उपयुक्त भन्सार र यातायात पूर्वाधारको अभावमा आंशिक रूपमा समाधान भइसकेको भए पनि अन्य समस्याका कारण अपेक्षाकृत रूपमा विकास हुन सकेको छैन । उहाँले इरान र कतारले आफ्नो वार्षिक द्विपक्षीय व्यापार कारोबारलाई तीन अर्ब अमेरिकी डलरमा पुर्‍याउने रोडम्याप तयार गरेको पनि बताउनुभएको छ । रासस/सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज