गृहमन्त्री खाँणलाई उछिन्दै राप्रपाका बोहोराको अग्रता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण पहिलोपल्ट मतगणनामा पछाडि पर्नुभएकाे छ  । सोमबारदेखि सुरु भएको मतगणनामा उहाँले रुपन्देही ३ मा एमालेको सहयोगमा उम्मेदवार बनेका राप्रपाका दीपक बोहोरालाई झिनो मतले पछि पार्दै आउनु भएकाे थियाे । तर मंगलबार बिहानदेखि बोहोराले खाँणलाई पछाडि पार्नुभएकाे छ ।

बोहोराले ४१ सय ७० र खाँणले ३९ सय १९ मत पाउनुभएकाे छ । उहाँ साढे दुई सय मतले पछाडि हुनुहुन्छ । खाँण अघिल्लोपटक समानुपातिकबाट सांसद चुनिनुभएकाे थियाे ।

ADVERTISEMENT

राप्रपाका उम्मेदवार अहिलेसम्म देशका पाँचवटा निर्वाचन क्षेत्रमा अगाडि छन् । जसमा झापा ३ मा राजेन्द्र लिङ्देन, नवलपरासी १ मा ध्रुवबहादुर प्रधान, जुम्लामा ज्ञानेन्द्र शाही, बाँके १ मा धवलशमशेर राणा र रुपन्देही ३ मा दीपक बोहोरा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?