घट्यो सुनको मूल्य

Read Time = 1 min

 काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार पनि सुनको मूल्य घटेको जनाएको छ । महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो।

सोमबार प्रतितोला ६०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुन ९६ हजार ७००  रुपैयाँ कायम भएको छ।

ADVERTISEMENT

यसैगरी, सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९७ हजार रुपैयाँमा  कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ।  सोमबार तोलामा १५ रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमा किनबेच भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?