कैलाली-३ मा नागरिक उनमुक्तिका उम्मेदवार चौधरी २६ सय मतले अगाडि

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 1 min

कैलाली । कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार अगाडि छन्। जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ मा ३९२९४ मत गणना भएको छ। निर्वाचन क्षेत्र नम्बर ३ मा नागरिक उनमुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरी २६९६ मतले अगाडि हुनुहुन्छ ।

नागरिक उन्मुक्तिका चौधरीको १३८५८, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीको १११६२, नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरीको ६९२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका वीरेन्द्रबहादुर बमको ५९६१ मत छ।

ADVERTISEMENT

उक्त निर्वाचन क्षेत्रमा नेपाल मजदुर किसान पार्टीका गंगादेवी पौडेल, नेकपा एमालेका परेकबहादुर रावल, स्वतन्त्रका नवीनकुमार बोहरा र रमेश आचार्य चुनावी मैदानमा हुनुहुन्छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यका लागि आठ जना उम्मेदवार छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?