शिखर इन्स्योरेन्स १९ औँ वर्षमा

Read Time = 1 min

काठमाडौं । शिखर इन्स्योरेन्स १९औँ वर्षमा प्रवेश गरेको छ । १० करोड चुक्ता पुँजीबाट स्थापना भएको कम्पनीको हाल चुक्ता पुँजी दुइ अर्ब २८ करोड पुगेको छ भने चार अर्ब ८१ करोडको नेटवर्थसहित निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा बढी नेटवर्थ रहेको कम्पनीका रूपमा स्थापित भएको जनाएको छ ।

स्थापनाको १८ वर्षमा कम्पनीले १७ अर्बभन्दा बढीको दाबी भुक्तानी गरेको छ भने आर्थिक वर्ष २०७८/०७९ मा पाँच अर्ब रुपैयाँभन्दा बढीको बीमा शुल्क संकलन गरी निजी क्षेत्रको निर्जीवन बीमा कम्पनीमध्ये धेरै बीमा शुल्क संकलन गर्ने कम्पनी बन्न सफल भएको छ ।

ADVERTISEMENT

देशभर ११२ शाखा कार्यालयमार्फत् बीमा सेवा प्रदान गर्दै आएको कम्पनीले वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज