लमजुङ जसपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार गुरुङको निधन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

लमजुङ । लमजुङमा जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधि सभा सदस्य उम्मेदवार नरेन्द्रबहादुर गुरुङको निधन भएको छ ।

लमजुङको मस्र्याङ्दी गाउँपालिका २, घनपोखरा घिम्राङका ६८ वर्षीय गुरुङको उपचारका क्रममा भरतपुर अस्पतालमा सोमबार दिउँसो निधन भएको हो ।

हाल सदरमुकाम बेंसीसहर बस्दै आउनु भएको उहाँ शुक्रबार बिरामी भएपछि जिल्ला अस्पताल लमजुङमा भर्ना हुनु भएको थियो । उहाँलाई उपचारका लागि भरतपुर लगिएको थियो ।

ADVERTISEMENT

जसपा केन्द्रीय सदस्य खेमजंग गुरुङका अनुसार पार्टीका प्रदेश कमिटी सदस्य समेत रहनुभएका गुरुङ उच्च रक्तचाप बिरामी हुनुहुन्थ्यो । मर्स्याङ्दी गाउँपालिका(२ का अध्यक्ष चेतबहादुर गुरुङका अनुसार उहाँको शवलाई लमजुङ ल्याइएको छ ।

उहाँले सत्ता गठबन्धनका उम्मेदवार देवप्रसाद गुरुङलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेको घोषणा गर्नुभएको थियो । तर, जसपाले उम्मेदवार कायमै रहेको जनाएको थियो । हाल ४ हजार ८ सय ९८ मतगणना हुँदा उहाँले ५ मत प्राप्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज