पाँचथरमा दिउँसो ११ बजेपछि मतगणना गरिने

जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
जितेन्द्र भण्डारी पाँचथर, संवाददाता
Read Time = 1 min

पाँचथर । आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मत गणना पाँचथरमा आज दिउँसो ११ बजेपछि सुरु गरिने भएको छ ।

मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालका अनुसार सर्वदलीय बैठकपछि मत गणनाको तयारी गरिएको हो । पाँचथरमा एक सय ७७ मतदान केन्द्रमा मतदान भएको थियो । सबै मतदान केन्द्रबाट मतपेटीका सदरमुकाम फिदिम ल्याईसकिएको छ ।

ADVERTISEMENT

प्रतिनिधि सभा सदस्यका लागि एक र प्रदेश सभा सदस्यका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको पाँचथरमा ५४ प्रतिशत मत खसेको थियो । एक लाख ३८ हजार नौ सय ३२ मतदातामध्ये ७४ हजार आठ सय ९८ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *