यती स्काई क्लबका सदस्यलाई भोज डिल्समा छुट

Read Time = 1 min

काठमाडौं । यती एयरलाइन्सका स्काई क्लब सदस्यले भोज डिल्समा छुट पाउने भएका छन् । फुड एप भोज डिल्ससँगको सहकार्यमा आफ्नो स्काई क्लबका सदस्यलाई काठमाडौंका एक सय ५० भन्दा बढी रेष्टुरेण्टमा यतीले छुट पाउने भएको हो । भोज डिल्सको ‘डाइन इन डिल्स’ अन्तर्गतका पार्टनर रेष्टुरेण्टमा बिल भुक्तानी गर्दा यती एयरलाइन्सको स्काई क्लब कार्ड देखाएमा १० देखि ५० प्रतिशतसम्म छुट हुने कम्पनीले जनाएको छ ।
यती एयरलाइन्सले लोयल्टी प्रोग्रामअन्तर्गत स्काई क्लबको सदस्यता लिएका यात्रुलाई माइलेज प्वाइन्ट्सका आधारमा निःशुल्क हवाई टिकट प्रदान गर्दै आएको छ । छुट सुविधा काठमाडौं उपत्यकाका विभिन्न एक सय ५० भन्दा बढी रेष्टुरेण्टमा लागू हुने बताइएको छ । यती स्काई क्लबको सदस्य बन्न एयरलाइन्सको वेबसाइट वा यती मोबाइल एप्समार्फत् अनलाइन रिक्वेस्ट पठाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज