पाँचथर जोरसाल सुखबोध मतदान केन्द्र आसपास पटकपटक विस्फोट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

-जितेन्द्र भण्डारी

पाँचथर । फिदिम ४ जोरसाल स्थित सुखबोध विद्यालयमा रहेको मतदान केन्द्र आसपास पटक पटक बिष्पोटक पदार्थ बिष्टपोट गराइएको छ । बिहान एक पटक अहिले दिउसो २ पटक बिष्पोट गराईएको छ ।

सदरमुकाम फिदिमबाट २ किलोमिटर मात्र टाढा रहेको उक्त मतदान केन्द्र सशस्त्र प्रहरिबलको ब्यारेकबाट केहि मिटरमात्र टाढा छ । पटक पटक बिष्पोट हुँदा मतदातामा त्रास बढेको छ ।

ADVERTISEMENT

पटक पटक कस्ले बिष्पोट गराएको खुल्न सकेको छैन् । प्रमुख जिल्ला अधिकारी गणेश गैरेका अनुसार उक्त मतदानकेन्द्रमा अहिले सुरक्षा ब्यवस्था कडा गरिएको छ । अहिले शान्तिपुर्णरूपमा मतदान भईरहेको बताईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *