झापा । झापा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य पदका दुई प्रतिस्पर्धी कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच जम्काभेट भएको छ ।
सत्ता गठबन्धनबाट उम्मेदवार रहनुभएका सिटौला र एमालेको समर्थन रहेका उम्मेदवार लिङ्देनबीच मतदानका क्रममा जम्काभेट भएको हो । जम्काभेटमा उहाँहरुले एक–अर्कालाई अभिवादन गर्नुभयो । दुवैले एकअर्कालाई जितको शुभकामना पनि दिनुभयो।






