ग्यास विस्फोटमा चार बालबालिकासहित नौ जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

मस्को । रुसको दक्षिणपूर्वी सखालिन टापुको पाँच तले आवासीय भवनमा भएको ग्यास विस्फोटमा नौ जनाको मृत्यु भएको स्थानीय गभर्नरले बताएका छन् ।

टिमोभस्कोए गाउँमा सन् १९८० को दशकमा बनेको इट्टाको भवनमा विस्फोट भएको तास समाचार एजेन्सीले जनाएको छ । मृत्यु हुनेमा चार जना बालबालिका छन् ।

ADVERTISEMENT

ग्यास विस्फोटमा चार बालबालिकासहित नौ जनाको मृत्यु भएको छ’ क्षेत्रका गभर्नर भ्यालेरी लिमारेन्कोले रोसिया २४ टेलिभिजन च्यानललाई भने।

आपतकालीन मन्त्रालयले प्रारम्भिक जानकारीमा ग्यास लिक भएको औंल्याएको छ । विस्फोटमा भवनका अधिकांश तला भत्किएको प्राप्त विवरणहरुमा जनाइएको छ । घटनास्थलमा दर्जनौँ उद्दारकर्मी परिचालन गरिएको आपत्कालीन मन्त्रालयले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज