टेलिकमको विश्वकप अफर

Read Time = 2 mins

काठमाडौं । आइतबारदेखि कतारमा आयोजना हुने विश्वकप फुटबल-२०२२ हेर्न नेपाल टेलिकमले आफ्ना एनटिटिभी ग्राहकका लागि फिफा वल्र्डकप प्याकेज उपलब्ध गराउने भएको छ ।

फिफा वल्र्डकप-२०२२ हेर्न निर्धारित करसहितको शुल्क पाँच सय ६५ रुपैयाँ एनटिटिभीका ग्राहकले कम्पनीका ग्राहक सेवा केन्द्रमा नगई घरमै बसेर पनि खरिद गर्न सक्नेछन् । जसका लागि वल्र्डकप प्रसारण हुने हिमालयन एचडी टेलिभिजन च्यानलमा गई ‘बाई प्याकेज’ मा क्लिक गरी आफ्नो मोबाइल नम्बर इन्ट्री गर्नुपर्नेछ । त्यसपछि नेपाल टेलिकमबाट प्राप्त ओटिपी प्रयोग गरी सेवा खरिद गर्न सकिन्छ । सेवा खरिद गर्दा ग्राहकको मोबाइल ब्यालेन्सबाट रकम काटिनेछ ।

ADVERTISEMENT

फिफा वल्र्डकप-२०२२ हेर्न तोकिएको फिफा वल्र्डकप प्याकेज खरिद गर्ने कम्पनीका एनटिटिभी सेवाका ग्राहकलाई उक्त प्याकेज खरिद गर्न प्रयोग गरिएको मोबाइल नम्बरमा कम्पनीतर्फबाट २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जिबी डाटासमेत निःशुल्क उपलब्ध हुने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज