नेपाल एयरलाइन्सलाई क्यानको स्पष्टीकरण

Read Time = 1 min

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले हवाईजहाजको सिटभन्दा बढी टिकट काटेर यात्रु अलपत्र पारेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले स्पष्टीकरण मागेको छ । यात्रु क्षमताभन्दा बढी टिकट काट्नुको कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न र अलपत्र यात्रुलाई गन्तव्यमा पु¥याउन प्राधिकरणले निगमलाई निर्देशन दिएको हो ।

निगमको मंसिर १ गतेका दुईवटा उडानमा सिट क्षमताभन्दा बढी टिकट काटिएका कारण एअरपोर्टमा पुगेका यात्रु फर्काइएको थियो । टिकट काटेर एअरपोर्ट पुगेका यात्रुलाई फर्काएपछि निगममाथि कारबाहीका लागि यात्रुले क्यानमा उजुरी दिएका थिए ।

ADVERTISEMENT

मंसिर १ गतेको उडान नम्बर आरए-२३९को काठमाडौंदेखि दोहा तथा उडान नम्बर आरए २२९ को काठमाडौँ–दुबई जाने हवाईजहाजमा यात्रुलाई ओभर बुकिङको कारणले अफ लोड भएको गुनासोसहित यात्रुको निवेदन प्राधिकरणमा प्राप्त भएकाले निगमसँग स्पष्टीकरण मागिएको क्यानले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?