कोरियाली नेता किमले पहिलो पटक सार्वजनिक गरे छोरी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले पहिलो पटक आफ्नी छोरीलाई सार्वजनिक गरेका छन् ।  देशको सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षणका क्रममा उनले पहिलो पटक छोरी सार्वजनिक गरेका हुन् । सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको तस्बिरमा  छोरीलाई सेतो ज्याकेटमा उनको छेउमा उभिएको देख्न सकिन्छ ।

छोरीले बाबुको हात समाएर हतियार सैन्य हार्डवेयर अवलोकन गरेको देख्न सकिन्छ । सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल ह्वासोङ-१७ परीक्षण गरेको थियो ।  तर, त्यो भन्दा ठूलो आश्चर्य किमसँगै छोरीको उपस्थिति थियो । किमकी छोरीको नाम भने सार्वजनिक गरिएको छैन् ।

ADVERTISEMENT

'यो पहिलो अवलोकन गरिएको अवसर हो जहाँ हामीले सार्वजनिक कार्यक्रममा किम जोङ उनकी छोरीलाई देखेका छौं,' अमेरिका स्थित स्टिम्सन सेन्टरका उत्तर कोरिया विशेषज्ञ माइकल म्याडेनले भने,  'यो धेरै महत्त्वपूर्ण छ र यसले किम जोङ उनको पक्षमा एक निश्चित हदसम्म सान्त्वनाको प्रतिनिधित्व गर्दछ ।'

दुई छोरी र एक छोरासहित किमका कम्तीमा तीन सन्तान रहेका विज्ञहरूले बताएका छन् ।  केही पर्यवेक्षकहरूको विश्वास छ की ती मध्ये एक बच्चालाई सेप्टेम्बरमा राष्ट्रिय बिदाको एउटा उत्सवको भिडियोमा देखिएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?