उम्मेदवार नियन्त्रणको बिषयमा एमालेको आपत्ति

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा एमालले काठमाडौं क्षेत्र नं. ५(२) का प्रदेश सभा उम्मेदवार दीपक निरौला र बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोलको चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएको छ।

शुक्रबार साँझ बूढानीलकण्ठ–६ स्थित एक घरबाट पैसा बाँडेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको घटनामा शुक्रबार राति प्रतिक्रिया दिँदै एमाले निर्वाचन कमिटी काठमाडौं ५ ले आपत्ति जनाएको हो।

कमिटीले निकालेको प्रेस वक्तव्यमा पार्टीका शुभेक्छुक क्यान्सरपीडित तोक्तान लामालाई भेट्न गएको वेला राज्य संयन्त्रको दुरुपयोग गर्दै प्रहरी बोलाएको र नियन्त्रणमा लिएको उल्लेख छ।

‘कुनै तथ्य र प्रमाणविना गैरराजनीतिक कुरा गरी चरित्रहत्या गर्ने र चुनावी माहोल अन्तै मोड्ने हिसाबले यो घटना गरिएको छर्लंग छ’, प्रेस वक्तव्यमा उल्लेख छ।

यता, एमाले उम्मेदवार दीपक निरौलाले भने कांग्रेसले समाजलाई आतंकित बनाउन खोजेको आरोप लगाउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत यस्तो बताउनुभएको हो ।

ADVERTISEMENT

निरौलाले बिरामी तोक्मान लामासँग कुराकानी गरिरहेका बेला अनावश्यक कुरा निकालेर आतंकित गर्न खोजिएको दाबी गर्नुभयो ।

उहाँले सामाजिक सञ्जलमार्फत भन्नुभएको छ, ‘म क्यान्सर रोगबाट लामो समयदेखि बिरामी तोक्मान लामासँग कुराकानी गरिरहँदा अनावश्यक कुरा निकाली समाज आतङ्कित पार्ने कार्य नगरेको राम्रो हुन्छ।’

आफू राजनैतिक प्राणी भएको र गैरराजनैतिक काम आफ्नो आदर्श नभएको निरौलाको जिकिर छ । उहाँले पैसा बाँडेको कुनै प्रमाण भए लिएर आउन पनि चुनौती दिनुभएको छ ।

शुक्रबार साँझ मतदातालाई मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले निरौलासहित तीन जनालाई हात्तीगौँडास्थित युरो स्कुल नजिकैबाट नियन्त्रणमा लिई महाराजगञ्ज वृत्तमा राखेको थियो। प्रहरीले उनीहरूलाई राति नै छाडेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज