अपाङ्गता भएका कर्मचारीहरुलाई बैतडीको एक मतदान केन्द्रको जिम्मेवारी

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ८ को त्रिपुरा सुन्दरी स्वास्थ्य चौकीमा रहेको मतदान केन्द्रमा सबै अपाङगता भएका कर्मचारीहरु खटिएका छन् । मतदान अधिकृत साहयक मतदान अधिकृतसहित सबै अपाङगता भएका कर्मचारीहरु खटिएका हुन् ।

मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनलाई सम्पन्न गर्न आफुसहित ८ जना अपाङ्गता भएका कर्मचारीहरु सो केन्द्रमा खटिएको मतदान अधिकृत लोकेन्द्र बहादुर चन्दले बताउनुभयो । ‘गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा अपाङगता भएका कर्मचारीहरुलाई खटाएको थिएन् , यो निर्वाचनमा आफूहरुलाई पनि खटाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आग्रह गरेका थियौ,’ उहाँले भन्नुभयो ‘यसपालि जिम्मेवारी पायौँ र काममा खटिएका पनि छौ ।’

मुख्य निर्वाचन अधिकृतको कार्यालयले अपाङ्गता भएका कर्मचारीहरुलाई लक्षित गर्दै उक्त मतदान केन्द्रको स्थापना गरेको हो । शुक्रबार सबै राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, बिभिन्न निकायका प्रतिनिधिहरुसँगको बैठक सम्पन्न गरिएको र निर्वाचनलाई निष्पक्ष र सान्त वातावरणमा सम्पन्न गर्नको लागि आवस्यक निर्णय गरिएको पनि सो मतदान केन्द्रमा खटिनुभएकी साहयक मतदान अधिकृत लक्ष्मी बिष्टले जानकारी दिनुभयो । मतदानमा खटिने सबै कर्मचारीहरु अपाङ्गता भएका कर्मचारीहरु भएकाले नयाँ उर्जाका साथ काम गर्ने पनि उहाँले बताउनुभयो ।

ADVERTISEMENT

यो केन्द्र जिल्लाकै एक मात्र अपाङ्गता भएका कर्मचारी खटिएको केन्द्र हो ।अपाङ्गता भएका कर्मचारीहरुको माग अनुसार नै उनिहरुलाई मतदान केन्द्रको जिम्मेवारी दिइएको सहायक मुख्य निर्वाचन अधिकृत तिर्थराज आचार्यले जानकारी दिनुभयो । उनिहरुको अवस्थालाई हेरेर सुरक्षा सतर्कता अपनाइएको र कुनै यसबारे समस्या आएको अवस्थामा जगेडा कर्मचारीहरु खटाइने उहाँले बताउनुभयो । ‘यो नौलो अभ्यास हो, उनिहरुले यसअघि प्रस्ताव लिएर आएका थिए, उनिहरुको प्रस्तावलाई स्विकार गरेका हौँ ’ उहाँले भन्नुभयो ‘केहि त्यस्तो समस्या आएको अवस्थामा हामिसँग जगेडा कर्मचारीहरु छन् । ’

उक्त मतदान केन्द्रमा ८०७ मतदाता रहेका छन् । बैतडीमा १२९ मतदान स्थल र २१० मतदान केन्द्र रहेका छन भने १ अस्थायी मतादान केन्द्र रहेको छ । यहाँ १ लाख ५० हजार १५६ मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज