काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिजले ओम्नी च्यानल सोलुसन ‘फास्ट बैंकिङ’ एप ल्याएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले एप शुभारम्भ गर्नुभएको हो ।
स्मार्ट च्वाइसका सञ्चालक शान्तराज बतासको समेत उपस्थिति रहेको कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजूले बैंक तथा वित्तीय संस्थाले फास्ट बैंकिङ सेवा लिई डिजिटल बैंकिङ एक्पिरियन्सलाई थप सुदृढ गर्दै नयाँ आयाम दिन सक्ने बताउनुभयो ।
हाल बैंक तथा वित्तीय संस्थामा प्रयोग भएको मोबाइल बैंकिङ सेवा विशेषगरी भुक्तानी तथा फण्ड ट्रान्सफरमा मात्र केन्द्रित रहेकाले बैंकिङ सुविधा लिन अझै पनि बैंककै शाखा धाउनुपर्ने बाध्यता रहेकोमा नयाँ एपमार्फत् बैंकका थप सेवालाई मोबाइल बैंकिङमै जोड्न सकिने पनि उहाँले बताउनुभयो ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा आइएमईका प्रबन्ध निर्देशक हेमराज ढकालले भविष्यमा डिजिटल भुक्तानी क्षेत्रमा अझै धेरै योगदान दिन तथा नवीनतम् सेवा विस्तार गर्दै जान सुझाव दिनुभयो । स्मार्ट च्वाइसका अध्यक्ष सुमन पोखरेलले अनवरतरूपमा सम्पूर्ण देशको भुक्तानी क्षेत्र प्रवद्र्धनमा लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts