रवि लामिछानेलाई भोट माग्न चितवन पुगे सेलिब्रेटी कलाकार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । मौन अवधि सुरू हुन केही घण्टा बाँकी रहँदा निर्वाचन प्रचार प्रसारका लागि सेलिब्रेटी कलाकारहरू चितवन पुग्नुभएको छ।

चितवन २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी सभामा सहभागी हुन उहाँहरू चितवन पुग्नुभएको हो । कलाकारहरू दिपाश्री निरौला, निर्मल शर्मा गैंडा, किरण केसी, रमेश उप्रेती, आशिफ साहलगायतले रवि लामिछानेलाई निर्वाचनमा मतदान गर्न अपिल गर्नुभयो ।

ADVERTISEMENT

कलाकार दिपाश्री निरौलाले यसपटक चितवनले रविलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । रविले टेलिभिजन कार्यक्रममार्फत थुप्रै निमुखा जनताको आवाज बोलेको बताउँदै अब संसदमा पुगेरसमेत चर्को आवाज उठाउने बताउनु भयो ।

कलाकार किरण केसीले यसअघि आफूले कुनै पनि पार्टी र उम्मेदवारलाई भोट नमागेको सुनाउँदै रविलाई जनताले जिताउन अपरिहार्य ठानेर अपिल गर्न चितवन आएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *