२२ मंसिरअघि नै निर्वाचनको नतिजा राष्ट्रपतिलाई बुझाउँछौँ : निर्वाचन आयोग

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको नतिजा २२ मंसिरमै राष्ट्रपतिलाई बुझाउने दाबी गरेको छ ।

निर्वाचनको स्थिर समय (मौन अवधि० सुरु हुनुभन्दा केही घण्टाअघि बिहीबार अपरान्ह आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर आयोगले ४ मंसिरमा हुने निर्वाचनको सम्पूर्ण नतिजा तीन हप्ता नपुग्दै २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउने दाबी गरेको हो ।

ADVERTISEMENT

४ मंसिरमा हुने निर्वाचनको प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको मतगणना सकेर २२ मंसिर अघि नै राष्ट्रपतिसमक्ष बुझाउन प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले दुवै निर्वाचन प्रणालीका निर्वाचित उम्मेदवारको नामावली २२ मंसिर अघि नै तयार हुने र राष्ट्रपतिलाई बुझाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *